close

गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता हुँदै

गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता हुँदै

Trulli
ADVERTISEMENT

डोटी– बोगटान फुड्सिल गाउँपालिकामा गाउँपालिकास्तरीय रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले गाउँपालिकास्तरीय पाँचौ रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०८० हुन लागेकाे हाे ।

बोगटान फुडसिल गाउँपालिका वडा नम्बर १ को आयोजनामा यहि कार्तिक २२ गतेदेखि २४ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको अध्यक्ष खेमबहादुर घर्तीमगरले पालिका खबरलाई बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई पुरस्कार ६५ हजारनगदसहित ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ४५ हजारनगदसहित ट्रफी मेडल र प्रमाणपत्र, तेस्रो हुने टिमलाई २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र रहेका वडाध्यक्ष खेमबहादुर मगरले पालिका खबरलाई जानकारी दिए ।

उनकाअनुसार बेष्ट प्लेयरलाई नगद ४ हजार रुपैयाँ, बेष्ट स्पाइकर लिब्रो, बेष्ट सर्भर, बेष्ट सेन्टर र बेष्ट ब्लकरलाई नगद २ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था रहेका छ। 

'राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल' भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउने टिमलाई अनिवार्य सम्बन्धि वडाको लेटरप्याडमा खेलाडीको नाम दर्ता गराउन न नागरिता वा अन्य परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी अनिवार्य रहेको आयोजकले जनाएको छ । 

गाउँपालिकाले कार्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यालय समयमा टिम दर्ता गर्न सकिने तथा टिम दर्ता शुल्क  तीन हजार ५ सय निर्धारण गरेको जनाएको छ ।