close

खेलकुद पूर्वाधार निर्माण गर्न सिरिजंघाले स्थानीयसँग माग्यो ४ रोपनी जग्गा

खेलकुद पूर्वाधार निर्माण गर्न सिरिजंघाले स्थानीयसँग माग्यो ४ रोपनी जग्गा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - सिरिजंघा गाउँपालिकाले निःशुल्क रुपमा जग्गा सहयोग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै जग्गा सहयोग गर्न अनुरोध गरेको हो । 

सूचनाका अनुसार भलिवल तथा व्याडमिटन खेल सम्बन्धि पूर्वाधार निर्माण गर्नको लागि जग्गा आवश्यक भएको हो । वडा नम्बर ४ स्थित तेल्लोकको भूभागमा भलिवल तथा व्याडमिटन खेल सम्बन्धि पूर्वाधार निर्माण गर्न प्रयोजनको लागि निर्धारित मापदण्ड अनुरुपको जग्गा आवश्यक परेको गाउँपालिकाले जनाएको छ । 

सडक, विजुली बत्ती, सडकको पहुँच भएको, विवादरहित, पहिरोको जोखिम कम भएको र समतल भूभागमा करिब ४ रोपनी जग्गा हुनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र जग्गाधनी पूर्जासहित आवेदन दिन सक्ने छन् ।