close

१४ खेलपछि अर्जेन्टिनाको जीतमा पूर्णविराम

१४ खेलपछि अर्जेन्टिनाको जीतमा पूर्णविराम

Trulli
ADVERTISEMENT

काठमाडौं- विश्वकप फुटबल छनौटमा शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोलले पराजित गरेको छ । 

घरेलु मैदानमा लिओनल मेस्सीसहित उत्रिएको अर्जेन्टिनाले अपराजित यात्रालाई कायम राख्न सकेन । गत विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोलले पराजित भएयता अर्जेन्टिनाले कुनै पनि खेल हारेको थिएन । यसबीचमा अर्जेन्टिनाले १४ खेल जितेको छ ।

अर्जेन्टिनाविरुद्ध उरुग्वेका रोनाल्ड अराउजो र डारोविन नुनेजले एक-एक गोल गरे । यो नतिजापछि अर्जेन्टिना ५ खेलबाट १२ अंकसहित शीर्षस्थानमा छ । १० अंक भएको उरुग्वे दोस्रोमा छ ।