close

बुढानीलकण्ठमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बुढानीलकण्ठमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

काठमाडौँ - बुढानीलकण्ठ नगरपालिकास्तरीय “चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०” शनिबारदेखि सुरु भएको छ । नगरपालिकाको आयोजनामा सुरु भएको सो प्रतियोगिता तीन दिनसम्म चल्ने छ । 

प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत ४० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको पालिकाले जनाएको छ । नगरपालिकाको वडा नं ०५ स्थित बूढानीलकण्ठ स्कुल खेल मैदानमा सो प्रतियोगिता भइरकोपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले जानकारी दिएको छ । 

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र पुरस्कार दिईने छ । यस्तै दोस्रो लाई ३० हजार र तेस्रोलाई २० हजार नगद सहित ट्रफि र प्रमाण पत्र वितरण गरिने नगरपालिकाले जनाएको छ ।