close

अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै मकवानपुरगढी

अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै मकवानपुरगढी

Trulli
ADVERTISEMENT

मकवानपुर– मकवानपुरगढी गाउँपालिकाले अन्तरपालिकास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । पालिकाको खेलकुद विकास समितिको आयोजनामा ‘सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति अन्तरपालिकास्तरीय फुटसल रनिङशिल्ड प्रतियोगिता’ सञ्चालन हुन लागेको हो । 

सो अन्तरपालिका फुटसल प्रतियोगिता पुष २८ गतेदेखि माघ १ गतेसम्म वडा नं ३ स्थित मक्राञ्चुलीमा सञ्चालन हुने  गाउँपालिकाले जनाएको छ । 

सो प्रतियोगितामा पालिकाको सिफारिसहित टिम दर्ताको लागि पठाउन मकवानपुरगढीले जिल्लाका अन्य स्थानीय तहलाई अनुरोध गरेको छ । 

पालिकाको अनुसार टिम दर्ताको लागि रु ३००० लाग्ने छ भने प्रथम हुने टिमलाई एक लाख २५ हजार रुपैयाँ तथा द्वितीय हुने टिमलाई पचहत्तर हजार रुपैयाँ सहित मेडल, ट्रफी वितरण गरिने छ ।