close

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

Trulli
ADVERTISEMENT

काठमाडौं- बलात्कार मुद्दामा नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष जेल सजाय सुनाएको छ ।

दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । आज सन्दीपलाई ८ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्तिबापत ५ लाख रुपैयाँको सजाय सुनाएको छ ।

गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यस क्रममा बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन् ।