close

बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि

बौदीकालीले जित्यो गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि

Trulli
ADVERTISEMENT

कास्की - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटले हराउँदै बौदीकाली च्याम्पियन बनेको हो ।

उपाधिसँगै  नगरपालिकाले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । उपविजेता गलकोटलाई दुई लाख रुपैयाँ प्रदान गरिएको छ । 

खेलको पहिलो सेट गलकोटले २१–२५ अङ्कले जित्यो । त्यसपछिका तीन सेट बौदाकालीले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट बौदीकालीले २७–२५, तेस्रो सेट २६–२४ र  चौथो सेट २५–१६ अङ्कले जित्यो । सेमिफाइलनमा बौदीकालीले स्याङ्जाको चापाकोट नगरपालिकालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो ।

यसैगरी गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।  अन्नपूर्ण र चापाकोटलाई ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरियो । 

प्रतियोगितामा बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सात हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर विश्वास अधिकारी र उत्कृष्ट सर्भर आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए ।

उनीहरुले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेता, उपविजेता तथा विधागतरूपमा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।