close

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड भक्तपुर नगर पहिलो

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड भक्तपुर नगर पहिलो

Trulli
ADVERTISEMENT

भक्तपुर - जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भक्तपुर नगरपालिकामा प्रथम भएको छ । भक्तपुर जिल्ला खेलकुद विकास समितको आयोजनामा आयोजित  १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम भएको हो । 

जिल्लाको चार वटा स्थानीय तहमध्ये भक्तपुर नगरपालिकाले ३२ स्वर्णसहित प्रथम भएको जनाइएको छ । यसैगरी मध्यपुर थिमि नगरपालिका दोस्रो, सूर्यविनायक नगरपालिका तेस्रो र चाँगुनारायण नगरपालिका चौथो भएको छ । 

तीन वटा नगरपालिकाले क्रमश १९ स्वर्ण, ९ स्वर्ण र ७ स्वर्ण जितेको छ ।