close

पौवादुङ गोल्डकप सुरु : विजेतालाई ३ लाख

पौवादुङ गोल्डकप सुरु : विजेतालाई ३ लाख

Trulli
ADVERTISEMENT

भोजपुर- पौवादुङमा गाउँपालिकामा सञ्चालित गोल्डकप तथा माघी मेला सुरु भएको छ । खेलकुद क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले गोल्डकप सञ्चालित भएको हो ।

गाउँपालिकाको केन्द्र च्याङ्ग्रेको रङ्गशालामा हुने फुटबल तथा स्थानीय माघी मेला आगामी माघ ९ गतेसम्म सञ्चालन हुनेछ । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताउँदै सीमित स्रोतसाधनका कारण प्रतियोगिता सञ्चालनका लागि एक लाख सहयोग गर्ने बताए ।

सो क्रममा पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले खेलकुद क्षेत्रको विकासका लागि आयोजना गरिएको कार्यक्रम प्रभावकारी हुने बताए । पौवादुङमा गोल्डकप फुटबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताअन्तर्गत सहिदभूमि गाउँपालिका धनकुटा, अरुण गाउँपालिका, षडानन्द नगरपालिका, दिप्रुङ चुइँचुम्मा खोटाङ, आम्तेक ११ भोजपुर, द एट स्टार क्लब चम्पे, नेपाल प्रहरी विराटनगर, छथर गाउँपालिका तेह्रथुम, पञ्चकन्या फुटबल क्लब च्याङ्ग्रे, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका खोटाङ, देउराली फुटबल क्लब च्याङ्ग्रे, तिवारीभञ्ज्याङ फुटबल क्लब, श्रीनयाँ श्रीनाथ गण भोजपुर र फेन्डस क्लब तिवारीभञ्ज्याङको सहभागिता रहने मूल आयोजक समितिका संयोजक चोलप्रसाद आलेले जानकारी दिए । 

प्रतियोगिताअन्तर्गत विजेता टिमले नगद तीन लाख र उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।