close

चापाकोट नगरपालिकामा छैटाैँ  मेयर कप हुने

चापाकोट नगरपालिकामा छैटाैँ  मेयर कप हुने

Trulli
ADVERTISEMENT

स्याङ्जा- चापाकोट नगरपालिकामा छैटाैँ मेयर कप हुने भएको छ । नगरपालिकाको आयोजनामा वडा नम्बर ८ दामाचौरमा भाेलिदेखि ६ गतेसम्म छैटाैँ  मेयर कप प्रतियोगिता हुन लागेको हो ।

यहि पुस २८ गते चापाकोटमा बसेको नगरपालिका नगर कार्यपालिकाको निर्णय अनुसार छैटाैँ पटक प्रतियोगिता गर्न लागेको जानकारी नगरपालिकाले दिएको हो। प्रतियोगिता अन्तर्गत वडास्तरीय फुटबल, महिला पुरुष भलिबल, व्याडमिन्टन र जनप्रतिनिधि कुर्सी दौड प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना(पुरण)ले जानकारी दिए। पुरस्कार राशीमा नियमानुसार २५ प्रतिशत कर कट्टी हुने नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा सकेसम्म धेरै  टिम सहभागी गराउने उदेश्य रहेकाे पालिकाका प्रमुख प्रकाशकीय अधिकृत ध्रुब खनालले जानकारी दिए ।  प्रतियोगिताको व्यवस्थापन नगर खेलकुद बिकास समिति चापाकोटले गर्ने नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगरप्रमुख देबबहादुर खाँणले जानकारी दिए ।