close

ग्रासरुट फुटबल ट्रेनिङमा काठमाडौं महानगरको सहयोग

ग्रासरुट फुटबल ट्रेनिङमा काठमाडौं महानगरको सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरको सहयोगमा अन्नपूर्ण आरसीटीले ६ महिने ग्रासरुट फुटबल ट्रेनिङको आयोजना गर्ने भएको छ । 

प्रशिक्षण प्रत्येक शनिबार र बिदाका दिन सञ्चालन हुनेछ । यसमा ८ देखि १४ वर्षसम्मका बालबालिकाले भाग लिन सक्नेछन् । एनसेल फुटबल मैदान लैनचोर र बाँसबारी खेल मैदान बाँसबारी गरेर दुई स्थानमा प्रशिक्षण चल्नेछ । 

‘हाम्रो उद्देश्य फुटबल खेलाडी उत्पादन गर्नु नै हो । कुनै पनि देशमा फुटबल विकासका लागि ग्रासरुट स्तरको प्रशिक्षणको ठूलो महत्त्व हुने सबैलाई थाहा नै छ,’ अन्नपूर्ण आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्यले भने,‘नेपाली फुटबलमा काठमाडौं उपत्यकाका खेलाडी उपस्थिति कम हुन थालेकोमा यो ट्रेनिङले त्यसको पूर्तिका लागि मदत गर्ने विश्वास छ । यस प्रशिक्षणले भविष्यमा नेपाली फुटबलकै लागि अब्बल दर्जाका खेलाडी उत्पादन गर्न मदत पुग्ने पनि विश्वास गरेका छौं ।’

प्रशिक्षण कार्यक्रमको नेतृत्व वरिष्ठ प्रशिक्षक विराटकृष्ण श्रेष्ठले गर्नुहुनेछ । श्रेष्ठको प्रशिक्षण समूहमा हरिओमन श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश बैद्य, सुरेश शाही र डामोदर सिल्पकार पनि रहनुहुनेछ । प्रशिक्षणमा सहभागी हुनेको बिमा पनि गरिने छ ।