close

वडा सरकारद्वारा खेलकुद सामग्री वितरण

वडा सरकारद्वारा खेलकुद सामग्री वितरण

Trulli
ADVERTISEMENT

मोरङ– पथरी शनिश्चरे नगरपालिका-१ ले खेलकुद सामग्री वितरण गरेको छ । वडाभित्र रहेका खेलकुदसँग सम्बन्धित क्लबहरूलाई वडाले बिहिबार  १ लाख ५० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरेको हो । 

वडा कार्यालयबाट फुटबल २० थान, भलिबल २ थान, भलिबल नेट १ थान, क्रिकेट ब्याट १ थान (ड्यच वल), ब्याटमिन्टन कक ५ थान, ब्याटमिन्टन नेट १ थान, तेक्वान्दो पञ्जा २ थान, कराते पञ्जा २ थान, कराँते वेस्ट गार्ड २ थान, म्याराथुनको लागि टिसर्ट ७० थान, क्रिकेट ग्लोब्स, प्याड ३ थान वितरण गरेको नगरपालिकाले जनाएको छ ।  पथरीका ११ फुटबल क्लबद्वारा ३० हजार र वडा कार्यालयको १ लाख २० हजार रुपैयाँलागतमा सो खेलकुद सामग्री वितरण गरिएको हो । 

पथरी शनिश्चरे नगर खेलकुद विकास समितिका संयोजक दीपक राई, वडा अध्यक्ष भीम राईलगायत वडाका जनप्रतिनिधि कर्मचारी र स्थानीय युवाको सहभागितामा सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।