close

विश्वकप क्रिकेट : आकाश एक्लैले ५ विकेट झार्दा अफगानिस्तान संकटमा

विश्वकप क्रिकेट : आकाश एक्लैले ५ विकेट झार्दा अफगानिस्तान संकटमा

Trulli
ADVERTISEMENT

काठमाडौँ- आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । 

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलको ११.३ ओभरमा अफगानिस्तानका ६ ब्याट्सक्यान पोबेलियन फर्किसकेका छन् । नेपालका लागि गुल्शन झाको एक विकेट रहँदा आकाश चन्दले ५ विकेट लिएका छन् । 

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब रहेको हो ।

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल (विकेटकिपर), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी छन् ।