close

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि नेत्रकालीलाई

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि नेत्रकालीलाई

Trulli
ADVERTISEMENT

सिन्धुली- घ्याङलेख गाउँपालिकाको आयोजनामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को उपाधि नेत्रकाली माध्यमिक विद्यालय आँपडाँडा, रामपुरले जितेको छ ।

गाउँपालिकाले १५ वटा इभेन्टमा प्रतिष्पर्धा गरेको नेत्रकालीले ८ स्वर्णसहित उपाधि जित्दा श्री माध्यमिक विद्यालय मरिण हायुटार ३ स्वर्ण पदकसहित दोस्रो र श्री माध्यमिक विद्यालय नेत्रकाली तामाजोरले २ स्वर्ण जित्दै तेस्रो भएको गाउँपालिकाले जनाएको छ । 

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगितामा ६ वटा  माध्यमिक विद्यालयहरूले प्रतिष्पर्धा गरेका थिए ।

प्रत्येक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरू घ्याङलेख गाउँपालिकालाई प्रतिनिधित्व गर्दै सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा  सञ्चालन हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग गएका छन् ।