close

सोनाम ल्होछारको अवसरमा अध्यक्ष कप

सोनाम ल्होछारको अवसरमा अध्यक्ष कप

Trulli
ADVERTISEMENT

ललितपुर- बागमती गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा अध्यक्षक कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

बागमती गाउँपालिका खेलकुद विकास समितिले २८६०औं मु पुख्री (डुक) सोनाम ल्होछारको अवसरमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । यो प्रतियोगिताको लागि गाउँपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्टले बताए । 

बागमती खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता यही माघ २३ देखि २७ गतेसम्म बागमती-४ प्युटारको खयरघारी खेलमैदानमा सञ्चालन हुनेछ । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमश: एक लाख, ५० हजार, २५ हजार र १० हजार रुपैयाँ जित्नेछन् ।