close

मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता गर्दै फेदीखोला

मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता गर्दै फेदीखोला

Trulli
ADVERTISEMENT

स्याङ्जा– फेदीखोला गाउँपालिकाले मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाले खट्केटारीस्थित कालाभैरव माविमा पालिकास्तरीय छैटौँ मैत्रीपूर्ण शिक्षक प्रतियोगिता सञ्चालन गर्न लागेको हो । 

प्रतियोगिता गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार माघ २६ र २७ गते हुने गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रामचन्द्र गुरुङले बताए । शिक्षक विद्यार्थीको समन्वय तथा हार्दिक मैत्रीपूर्ण सम्बन्धको लागि कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । ‘विगत पाँच वर्षदेखि मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गर्दै आएका छौँ,’ उनले पालिकाखबरसँग भने । 

प्रतियोगितामा गाउँपालिकाभित्रका दशवटा माध्यमिक विद्यालयबाट दशवटा शिक्षकहरुको टोली र आधारभुत विद्यालयका शिक्षकहरुबाट एउटा टोली गरि एघार टोलीले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीमा नौ–नौ जना सहभागि रहने उनले जानकारी दिए ।