close

सहिदभूमिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

सहिदभूमिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

धनकुटा - सहिदभूमि गाउँपालिकाको  १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । वडा नम्बर ७ को खेलकुद मैदानमा सञ्चालित सो प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

प्रतियोगितामा नमूना विद्यालय पञ्चकृष्ण मावि ले ९ स्वर्ण, ७ रजत र २ कास्य पदकसहित प्रथम भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै, आदर्श मावि सफाइधापले ७ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित द्धितीय स्थान हात पारेको छ भने ४ स्वर्ण ६ रजत र ७ कास्यसहित साविक बिजेता ठाकुरदेवी मावि थलथलेले तृतीय स्थान प्राप्त गरेको  गाउँपालिकाको शिक्षा शाखाका प्रमुख मनोजकुमार पौडेलले बताए । 

टपरदेवी मावि ३ स्वर्ण,१ रजत र ६ कास्य,अनिवार्य निशुल्क मावि सिम्ले २ स्वर्ण, ३ रजत, र ४ कास्य, सह आयोजक सिद्धदेवी मावि साप्तिङटारले २ स्वर्ण, १ रजत र १ कास्य, छिन्ताङ्ग मावि १ स्वर्ण, २ रजत र १ कास्य, कन्यादेवी मावि १ रजत र ४ कास्य, र सिद्धठाकुर आवि ले २ कास्य जित्न सफल भएको जनाइएको छ । 

गाउँपालिकामा सञ्चालित दिनुम्म सञ्चालित प्रतियोगितामा पालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको जनाएको छ ।