close

मिक्लाजुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

मिक्लाजुङमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

मोरङ - मिक्लाजुङ गाउँपालिकामा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताका् उद्घाटन गरी सुरु भएको हो । 

प्रतियोगिता वडा नम्बर ७ स्थित खेलमैदानमा हुने गाउँपालिकाको शिक्षा शाखाका प्रमुख काशीनाथ खनालले बताए ।  गाउँपालिकाले केही समयअघि देखि नै पालिकास्तरका विद्यालयमा विभिन्न प्रतियोगिता गर्दै आएको उनको भनाइ छ । 

प्रतियोगिता माघ २३, २४ र २५ गतेसम्म सञ्चालन हुने उनले पालिकाखबरलाई सुनाए । प्रतियोगितामा गाउँपालिकाभित्रका १३ वटा विद्यालयका १३५ जना विद्यार्थीको सहभागिता रहेको उनले बताए । 

गाउँपालिकाले एथलेटिक्सको ट्रयाक र फिल्डका सम्पूर्ण खेल र भलिबल गरी १४ वटा विधामा प्रतियोगिता सञ्चालन गरिने छ । प्रतियोगितामा विजेता तथा उपविजेता विद्यालय तथा विद्यार्थीलाई माघ २५ गते पुरस्कृत गर्ने उनले सुनाए ।