close

बागमती अध्यक्ष कपको उद्घाटन खेलमा कर्मचारी टिम विजयी

बागमती अध्यक्ष कपको उद्घाटन खेलमा कर्मचारी टिम विजयी

Trulli
ADVERTISEMENT

ललितपुर- बागमती गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । 

मंगलबारदेखि सुरु भएको उद्घाटन खेलमा बागमती गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकामै कार्यरत कर्मचारीबीच मैत्रीपूर्ण प्रतियोगिता भएको थियो । मैत्रीपूर्ण खेलमा कर्मचारी टिमले २-१ जनप्रतिनिधि टिमलाई पराजित गरेको शिक्षा शाखाका प्रमुख कपिलमणी पौडेलले जानकारी दिए । 

बागमती गाउँपालिका खेलकुद विकास समितिले २८६०औं मु पुख्री (डुक) सोनाम ल्होछारको अवसरमा प्रतियोगिताको आयोजना गरेको खेलमा १४ टिम सहभागी रहेका छन् । 

बागमती खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता यही माघ २७ गतेसम्म बागमती-४ प्युटारको खयरघारी खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमश: एक लाख, ५० हजार, २५ हजार र १० हजार रुपैयाँ जित्नेछन् । यो प्रतियोगिताको लागि गाउँपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्टले जानकारी दिए ।