close

छथर जोरपाटीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

छथर जोरपाटीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

धनकुटा -  छथर जोरपाटी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाकाे आयोजनामा बुधबार सो प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगितामा १५ स्वर्ण, ८ रजत ३ कास्य प्राप्त गरी चुलाचुली माध्यमिक विद्यालय ताङखुवा प्रथम भएको गाउँपालिकाले जनाएको छ । दोस्रो स्थान हासिल गरेको सगरमाथा माध्यमिक विद्यालयले ६ स्वर्ण,८ रजत र ९ कास्य पदक जितेको छ । 

त्यस्तै सरस्वती माध्यमिक बिद्यालय सिधुवा ४ स्वर्ण,५ रजत र १० कास्य सहित तेश्रो भएको छ । गाउँपालिकाका अध्यक्ष   छत्र सुब्बाले विजेता तथा उपविजेता विद्यालयलाई पुरस्कार वितरण गरेका थिए । 

उनका अनुसा गाउँपालिकामा ७ वटा विद्यालयका  ५६ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।