close

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

सर्लाही- लालबन्दी नगरपालिका-३, जब्दीमा लालबन्दी नगर स्तरीय ५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी २१ वटा विद्यालय सहभागी भएका गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीबीच एथलेटिक्स, भलिबल, ज्याब्लिङ थ्रो, सटपुट र कडड्टीमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ । 

जब्दीस्थित फूलजोर खोला किनारको चौरमा आयोजित प्रतियोगिताको प्रदेश सभा सदस्य बेची लुंगेलीले उद्घाटन गरिन्‌ । लालबन्दी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० भोलिसम्म चल्ने छ ।