close

प्राथमिक तहको खेलकुदको पहिलो चरणको छनौट सम्पन्न

प्राथमिक तहको खेलकुदको पहिलो चरणको छनौट सम्पन्न

Trulli
ADVERTISEMENT

सर्लाही- बागमती नगरपालिकाले प्राथमिक तहका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउन पहिलो चरण सम्पन्न गरेको छ । 

हरेक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आधारसिलाको रुपमा बागमती नगरपालिकाले प्राथमिक तहका छात्रछात्राहरुलाई समेत खेलकुदमा जोड्ने काम गरेको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार नगरभित्रका २५ वटा प्राथमिक तहका छात्रछात्राहरु गरी प्रतिविद्यालय १४ जनाका दरले प्रतियोगितामा सहभागि हुने र (सय मिटर,दुई सय मिटर र चार सय मिटर)रेस, हाई जम्प, लङ जम्प, ज्याब्लीङ थ्रो र सटपुट गरी सात विधामा एउटा विद्यालयबाट सात जना छात्र र सात जना छात्रालाई सहभागी गराईने गरेको छ ।

२५ वटा सामुदायिक विद्यालयहरुबाट प्रति विद्यालय १४ जनाका दरले तीन सय ५० जना छात्रछात्राहरुले नगरस्तरिय प्राथमिक तहको
खेलकुद प्रतियोगितामा सहभागीता जनाउने र यो प्रतियोगिताबाट छनोट भएका प्रति केन्द्र विद्यालय १४ जनाका दरले प्रा.वि तहबाट तीन सय ५० जना छात्रछात्राहरु राष्ट्रपति रनिङ शिल प्रतियोगितामा सहभागी हुने नगरपालिकाले जनाएको छ । 

उनका अनुसार बागमती नगरपालिका भित्र रहेका पाँच वटा मा.वि विद्यालयहरु केन्द्र विद्यालयहरु रहेका र एउटा केन्द्र विद्यालयबाट १४
जनाका दरले पाँचवटा केन्द्र विद्यालयबाट ७० जनाका साथै प्रा.वि तहबाट तीन सय ५० जना छात्रछात्रा गरि कुल चार सय २० जना
छात्रछात्राहरुले राष्ट्रपति रनिङ शिल प्रतियोगितामा सहभागिता जनाउने छन्‌ । 

राष्ट्रपति रनिङ शिल प्रतियोगिताको आधारशिला प्रतियोगिता अन्तर्गत प्रा.वि स्तरको अन्तीम छनोट चरण फागुन ३ गते हुने र फागुन २३ गतेबाट नगरस्तीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि सुरु हुने बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।