close

जिल्लास्तरीय महिला भलिबलमा सहिदभूमी दोस्रो

जिल्लास्तरीय महिला भलिबलमा सहिदभूमी दोस्रो

Trulli
ADVERTISEMENT

धनकुटा - सहिदभूमी गाउँपालिकाले जिल्ला स्तरीय रनिङ शिल्ड अन्तर्गत महिला भलिबल प्रतियोगितामा दोस्रो भएको छ । महालक्ष्मी नगरपालिकाको वडा नम्बर ७ मा २६ र २७ गते भएको प्रतियोगितामा गाउँपालिका दोस्रो भएको हो । 

गाउँपालिकाको शिक्षा शाखाका प्रमुख मनोजकुमार पौडेलका अनुसार शनिबार भएको प्रतियोगितामा गाउँपालिका धनकुटा नगरपालिकासँग पराजित भएको थियो । भलिबलमा दोस्रो भएसँगै गाउँपालिकाले एउटा रजत पद जितेको छ । 

यस्तै गरी जिल्लास्तरी रनिङ शिल्ड अन्तर्गत व्याडमिन्टनमा कास्य पद जितेको उनले पालिकाखबरलाई सुनाए ।