close

बागमती अध्यक्ष कपमा प्युटारको वर्चश्व

बागमती अध्यक्ष कपमा प्युटारको वर्चश्व

Trulli
ADVERTISEMENT

ललितपुर- बागमती गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा आयोजना गरेको अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिमा बागमती-४ प्युटारको वर्चश्व रहेको छ । 

गत माघ २३ गतेदेखि शनिबारसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि महाङ्काल युवा क्लब भुसेलले हात पारेको थियो । योसँगै महाङ्कालले एक लाख रुपैयाँ जितेको छ । द्वितीयदेखि तृतीयसम्म प्युटारको टिमले जितेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । 
प्रतियोगितामा प्युटार बि द्वितीय, प्युटार ए तृतीय र प्युटार डिले सान्त्वना स्थान ल्याएका छन् । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना भएका टिमले क्रमश: ५० हजार, २५ हजार र १० हजार रुपैयाँ जितेका छन् 

बागमती गाउँपालिका खेलकुद विकास समितिले २८६०औं मु पुख्री (डुक) सोनाम ल्होछारको अवसरमा बागमती-४ प्युटारको खयरघारी खेलमैदानमा सञ्चालन भएको खेलमा १४ टिम सहभागी भएका थिए । 

प्रतियोगिताको लागि गाउँपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्टले जानकारी दिए ।