close

लिङलिङमा तीर हान्ने प्रतियोगिता

लिङलिङमा तीर हान्ने प्रतियोगिता

Trulli
ADVERTISEMENT

रसुवा– गोसाईकुण्ड गाउँपालिका वडा नं‍. ३ ले तीर हान्ने प्रतियोगिता गरेको छ । वडाको लिङलिङमा मंगलबार स्थानीयले तीर हान्ने प्रतिस्पर्धा गरेका हुन् । 

वडा अध्यक्ष मिङमार छिरिङ तमाङ तथा प्रमुख लामा लोबु लामाको उपस्थितिमा प्रतियोगिता सञ्चालन भएको थियो ।परम्परागत रुपमा नै वडा क्षेत्रभित्र तीर हान्ने प्रतिस्पर्धा हुँदै आएको र सोको जगेर्ना गर्दै हरेक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष तमाङले बताए ।

उनले भने ‘ तिब्बती भाषामा तीर हान्ने प्रतियोगितालाई धाधुई भनिन्छ । शिकार खेल्नलाई पहिला तीरको प्रयोग गरिन्थ्यो । त्यही समय देखि नै धाधुई हुँदै आएको मान्यता छ ।’

मंगलबार भएको प्रतियोगिताका बिजेतालाई नगदसहित पुरस्कृत समेत गरेको उनले बताए । प्रतियोगितामा दोर्चे फोगोङ तमाङले प्रथम स्थान हाँसिल गरेका थिए ।  पासाङ नुर्पू तमाङले दोस्रो  तथा खाम्सुङ तमाङले तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुलाई क्रमशः छ हजार, चार हजार र दुई हजार रुपैयाँ पुरस्कार उपलब्ध गराएको उनले बताए । 

वडाध्यक्ष तामाङले पालिकाखबरसँग भने, ‘हामीले धेरै पुरस्कार त दिन सक्दैनौँ । तर तीर हान्ने रुची भएकालाई प्रोत्साहन गर्न खोजेका हौँ ।’ 

वडा नं ३ कै गुम्बा क्षेत्रमा शुक्रबार तीर हान्ने ठुलो प्रतियोगिता सञ्चालन हुने उनले बताए । सो दिन करिब ८० जना प्रतिस्पर्धीले प्रतियोगितामा भाग लिने अनुमान उनको छ ।