close

अन्तर विद्यालय शिक्षिकाबीच भलिबल प्रतियोगिता

अन्तर विद्यालय शिक्षिकाबीच भलिबल प्रतियोगिता

Trulli
ADVERTISEMENT

चितवन- खैरहनी नगरपालिकाको आयोजनामा नगर क्षेत्रभित्रका शिक्षक र शिक्षिकाबीच भलिबल प्रतियोगिताको हुने भएको छ । इन्टरनेश्नल इङ्लिश मोडेल सेकेण्डरी स्कुलको संयोजनमा यही फागुन ११ र १२ गते प्रतियोगिता हुने भएको हो । 

इन्टरनेश्नल इङ्लिश मोडेलका प्रधानाध्यपक धनवीर चौधरीका अनुसार शिक्षक र शिक्षिका छुट्टाछुट्टै प्रतियोगिता हुनेछ । नगरस्तरीय अन्तर विद्यालय मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शिक्षक र शिक्षिकाको टिम गरेर ५० टिम सहभागी हुने आयोजकको अनुमान छ । 

प्रतियोगिताको विजेता हुनेले ट्रफी, मेडल र प्रमाणपत्र जित्नेछन् भने सो प्रतियोगिताको लागि नगरपालिकाले एक लाख रुपैयाँ विनियोजन गरेको हो ।