close

प्रथम सिदिङ्वा रनिङ शिल्डको उपाधि पाथीभरा याङवरकलाई

प्रथम सिदिङ्वा रनिङ शिल्डको उपाधि पाथीभरा याङवरकलाई

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - पाथीभरा याङ्वरक गाउँपालिकाले प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सिदिङ्वा गाउँपालिकामा आइतबार सम्पन्न प्रतियोगितामा आयोजक टोलीलाई हराएर उपाधि जितेको हो । 

सो प्रतियोगिता  सिदिङ्वा गाउँपालिकाले आयोजना गरेको हो । पाथीभरा याङवरकले सिदिङ्वालाई  ३–१ को सेटमा उपाधि जितेको हो । उपाधि जितसँगै पाथीभरा याङ्वरक गाउँपालिकाले रनिङ शिल्डसहित दुई लाख ५० हजार रुपैयाँ र  उपविजेता बनेको  सिदिङ्वा गाउँपालिकाले एक लाख २५ हजार रुपैयाँ जितको छ ।

तेस्रो र चोथौ भएका टोलीलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ पुरस्कार वितरण गरेको जनाइएको छ ।