close

पालिकास्तीय शिक्षक शिक्षिका भलिबलको उपाधि इन्टरनेश्नल इङ्लिश मोडेललाई

पालिकास्तीय शिक्षक शिक्षिका भलिबलको उपाधि इन्टरनेश्नल इङ्लिश मोडेललाई

Trulli
ADVERTISEMENT

चितवन- खैरहनी नगरपालिकाको आयोजनामा नगर क्षेत्रभित्रका अन्तर विद्यालय शिक्षक र शिक्षिका भलिबल प्रतियोगिताको उपाधिमा इन्टरनेश्नल इङ्लिश मोडेल सेकेण्डरी स्कुलले कब्जा जमाएको छ । 

नगरपालिकाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा शिक्षकतर्फ  खैरहनी-८ स्थित ग्लोसाइन एकेडेमी द्वितीय हुँदा वडा नम्बर ६ स्थित मोर्डन इङ्लिश स्कुल तृतीय भएको छ । 

त्यस्तै अन्तर विद्यालय शिक्षिकाबीच भएको भलिबलको उपाधि पनि इन्टरनेश्नल इङ्लिश मोडेल सेकेण्डरी स्कुलले नै जितेको छ । वडा नम्बर-८ स्थित ग्लोसाइन एकेडेमीले नै द्वितीय स्थान ओगट्दा खैरहनी नगरपालिका-१२ को कुम्रुज एकेडेमीले तृतीय स्थानमा चित्त बुझाएको छ । 

इन्टरनेश्नल इङ्लिश मोडेल सेकेण्डरी स्कुलको संयोजनमा यही जारी प्रतियोगितामा शिक्षक र शिक्षिका गरी २१ टिम प्रतिस्पर्धा गरेका थिए । नगरपालिकास्तरीय अन्तर विद्यालय मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शिक्षकको टिम १३ र शिक्षिकाको टिम ८ गरी २१ टिम सहभागी भएका हुन् । 

प्रतियोगिताको विजेता हुनेले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने प्रतियोगिताको लागि खैरहनी नगरपालिकाले एक लाख रुपैयाँ विनियोजन गरेको हो ।