close

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा रोङ दोस्रो

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा रोङ दोस्रो

Trulli
ADVERTISEMENT

इलाम - १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रोङ गाउँपालिका दोस्रो भएको छ ।  माङसेबुङ गाउँपालिकामा शनिबारदेखि आयोजित प्रतियोगितामा रोङ गाउँपालिका दोस्रो भएको हो । 

गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोका अनुसार प्रतियोगितामा सहभागी भएका १० पालिकामध्ये रोङ दोस्रो भएको हो । गाउँपालिकाले १२ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको उनले सुनाए ।

जिल्ला खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स र मार्सल आर्ट, एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते, तेक्वान्दो र उसु लगायत विभिन्न खेलको प्रतियोगिता भएको थियो ।