close

लिखु अध्यक्ष कप २०८० प्रतियोगिता

लिखु अध्यक्ष कप २०८० प्रतियोगिता

Trulli
ADVERTISEMENT

ओखलढुंगा-  लिखु गाउँपालिकाले लिखु अध्यक्ष कप २०८० खुल्ला अन्तर पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले स्थानीय खेलकुदको प्रवद्र्धन तथा युवालाई खेलकुदमा सहभागी गराउनको लागि अध्यक्ष कप गर्न लागेको हो । 

गाउँपालिका अध्यक्ष अशोककुमार कार्कीका अनुसार गाउँपालिकाले पहिलो पटक सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो । गाउँपालिकामा पछिल्लो समय युवा नभएको र भएका युवा पनि खेलकुदमा रुची नभएकाले सो प्रतियोगिता गर्न लागेको उनले पालिकाखबरलाई सुनाए । खेलकुद प्रतियोगितासँगै गाउँपालिकामा सामाजिक सद्भाव फैलने उनको विश्वास छ । 

प्रतियोगिता फागुन ३० गते वडा नम्बर ५ स्थित बसपार्कसँगै सम्याएको जग्गामा हुने उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुन चाहने समूहले फागुन २९ गते साँझ ५ बजेसम्म आवेदन दिन सक्ने छन् । प्रतियोगिता महिला र पुरुष गरी दुई विधामा हुने उनले जानकारी दिएका छन् । 

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५० हजार, दोस्रोलाई एक लाख रुपैयाँ, तेस्रोलाई ७० हजार रुपैयाँ र सान्त्वनालाई ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्ने उनले जानकारी दिएका छन् ।