close

राष्ट्रपति रनिङ शिल्डमा चिचिलाको एम्बुलेन्स

राष्ट्रपति रनिङ शिल्डमा चिचिलाको एम्बुलेन्स

Trulli
ADVERTISEMENT

संखुवासभा - चिचिला गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गरी एम्बुलेन्सकाे व्यवस्था गरेको छ । खाँदबारी नगरपालिकामा आइतबार र सोमबार जारी प्रतियोगितालाई लक्षित गरी गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको हो । 

गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बासु कोइरालाका अनुसार एम्बुलेन्स खेलमैदान क्षेत्र नजिकै राखिएको छ । प्रतियोगितामा विद्यार्थीलाई चोटपटक लाग्ने सम्भावना भएकोले पालिकाले एम्बुलेन्सको व्यवस्था गरेको उनले पालिकाखबरलाई सुनाए । 

विद्यार्थीलाई तत्काल अस्पताल लैजानको लागि सहज बनाउनका लागि गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको उनको भनाइ छ । एम्बुलेन्स विद्यार्थीहरुलाई निःशुल्क प्रयोेग गर्न दिने उनले बताए ।