close

बराहक्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बराहक्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

सुनसरी - बराहक्षेत्र नगरपालिकामा जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाका प्रमुख रमेश कार्कीले सोमबार एक कार्यक्रमको उदघाटन गरेसँगै प्रतियोगिता सुरु भएको हो । 

नगरप्रमुख कार्कीका अनुसार प्रतियोगिता वडा नम्बर ७ स्थित बसन्त ऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा सुरु भएको हो । आजदेखि सुरु भएको सो प्रतियोगिता बुधबारसम्म सञ्चालन हुने उनले पालिकाखबरलाई सुनाए । 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ वराहक्षेत्र नगर खेलकुद बिकास समितिको प्रायोजनमा सुनसरी जिल्ला खेलकुद विकाश समितिको आयोजनामा सो प्रतियोगिता भएको हो । 

नगरपालिकामा कबडी तथा भलिबल प्रतियोगिता हुने उनले सुनाए । जिल्लाभरीका १२ वटा स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएको उनको भनाइ छ । यस्तै धरान उपमहानगरपालिकामा तेक्वान्डो र कराते र इटहरी उपमहानगरपालिकामा एथलेटिक्स प्रतियोगिता जारी रहेको उनले सुनाए ।