close

पाथीभरा याङवरकमा खुल्ला व्याडमिन्टन प्रतियोगिता

पाथीभरा याङवरकमा खुल्ला व्याडमिन्टन प्रतियोगिता

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - पाथीभरा याङवरक गाउँपालिकाले खुल्ला व्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले सातौ स्थापना दिवसको अवसरमा पाथीभरा याङवरक खुल्ला व्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो । 

गाउँपालिकाको प्रशासन शाखाका शिवकुमार काम्बाङका अनुसार पालिकामा फागुन २७ गतेदेखि ३० गतेसम्म सो प्रतियोगिता सञ्चालन हुने छ । सात वटा विधामा सञ्चालन हुने सो प्रतियोगितालाई स्थानीय तह, जिल्ला र प्रदेश गरी विभाजन गरिएको उनले पालिकाखबरलाई सुनाए ।

गाउँपालिकास्तरीय मेन्स डवल्स प्रतियोगिता हुने छ । ताप्लेजुङ जिल्लास्तरीयमा चार वटा विधा र कोशी प्रदेशस्तरीयमा दुई विधामा प्रतियोगिता हुने उनले पालिकाखबरलाई सुनाए । प्रतियोगितामा सहभागी भई प्रथम, द्धितीय र तृतीय हुने टोलीलाई गाउँपालिकाले नगद पुरस्कारको व्यवस्थापन गरेको उनको भनाइ छ ।