close

महिला दिवसको अवसरमा भलिबल र वक्तृत्वकला प्रतियोगिता

महिला दिवसको अवसरमा भलिबल र वक्तृत्वकला प्रतियोगिता

Trulli
ADVERTISEMENT

संखुवासभा - चिचिला गाउँपालिकाले भलिबल तथा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले ११४ औँ नारी दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको छ । 

गाउँपालिकाका अनुसार अन्तरवडास्तरीय महिला भलिबल प्रतियोगिता र 'महिलामा लगानी : सभ्य र सम्मुनत समाजको थालनी' शीर्षकमा वक्तृत्व प्रतियोगिता गर्न लागेको हो । 

भलिबल प्रतियोगिता फागुन २४ गते र वक्तृत्वकला प्रतियोगिता फागुन २५ गते हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा विजयी हुने समूहलाई नगर पुरस्कारकोसमेत व्यवस्था गरिएको सो सूचनामा उल्लेख गरिएको छ ।