close

जलजलामा शनिबारदेखि ‘वडास्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप–२०८०’

जलजलामा शनिबारदेखि ‘वडास्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप–२०८०’

Trulli
ADVERTISEMENT

पर्वत– जलजला गाउँपालिकाले वडास्तरीय पुरुष भलिबल दोस्रो अध्यक्ष कप– २०८० सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले फागुन २६ र २७ गते जलजला खोलाखेत युवा क्लबको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 

यसअघि एकपटक अध्यक्ष कप सञ्चालन भएको र सो प्रतियोगितालाई निरन्तरता दिन दोस्रो भलिबल प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए । 

प्रतियोगितामा सहभागिता जनाउन चाहने गाउँपालिकाका वडाभित्रका खेलाडीले वडाको सिफारिससहित दर्ता गराउन सक्ने छन् । टोली दर्ता गर्दा कुनैपनि शुल्क नलाग्ने अध्यक्ष आचार्यले बताए । 

उनका अनुसार प्रथम हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराइने छ । दोस्रो टोलीलाई ५० हजार ५५५ रुपैयाँ, तेस्रो हुने टोलीलाई ३० हजार ३३३ रुपैयाँ तथा चौँथोलाई १० हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराउने उनले जानकारी दिए । 

प्रतियोगितामा सहभागिता जनाएका अन्य टोलीलाई ५ हजार ५५ रुपैयाँ गाउँपालिकाले पुरस्कारस्वरुप उपलब्ध गराउने उनले पालिकाखबरलाई बताए । खेलकुदमा स्थानीयको आकर्षण बढाउन सहभागी टोलीलाई समेत नगद पुरस्कारको व्यवस्था गरेको उनको भनाइ छ ।