close

आजदेखि पालिका कप क्रिकेट सुरु

आजदेखि पालिका कप क्रिकेट सुरु

Trulli
ADVERTISEMENT

रौतहट- आजदेखि गौरमा पालिका कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । क्रिकेट संघ रौतहटले जिल्लाका सबै पालिकासँग समन्वय गरी उक्त खेलको आयोजना गरेको रौतहट क्रिकेट संघले जनाएको हो ।

खेलमा सबै पालिका सहभागी छन् । जसमा ६ वटा समूहमा विभाजन गरिएको छ । प्रत्येक ग्रुपमा ३-३ वटा पालिकाले खेल्ने छन् । सो पालिका कपमा रौतहटका विभिन्न पालिकाबाट ५४ लाखको सहदुर्योग भएको छ । पालिका कपको पहिलो चरणको म्याचमा १८ वटै पालिकाले लिग म्याच खेल्ने छन् । जस मध्ये ६ वटा टिम रनरेट र प्वाइन्टको अधारमा बाहिरिने छन् । त्यसपछि पुन: ग्रुप निर्धारण हुने छन् । त्यसपछि एउटा समूहमा चार-चार वटा पालिकाले खेल्ने छन् । 

जसमध्ये ६ वटा पालिका टिम बाहिरिने छन् । त्यास पछिको म्याच दुई समूहमा निर्धारण हुनेछन् । जस्मा ३-३ वटा पालिका टिम सहभागी हुने छन् । अन्त्यमा ३ वटा टिमले लिग म्याच खेलेपछि बल्ल फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आयोजकका अनुसार विजेता पालिकाले ३ लाख पाउँदा उपविजेताले एक लाख ५० हजारमा चित्त बुझाउनुपर्नेछ ।