close

पाथीभरा याङवरकमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

पाथीभरा याङवरकमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - पाथीभरा याङवरक गाउँपालिकाले खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेको छ । गाउँपालिकाले आफ्नो सातौ स्थापना दिवसको आइतबार ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेको हो । 

प्रतियोगिता आइतबारदेखि मंगलबारसम्म सञ्चालन हुने गाउँपालिकाको सूचना अधिकारी जीवन पौडेलले बताए । प्रतियोगितामा पाथीभरा ब्याडमिन्टन हलमा भएको उनले पालिकाखबरलाई सुनाए । गाउँपालिकाले नवनिर्मित भवनको पनि आइतबार नै उद्घाटन गरेको उनले जानकारी दिए । 

प्रतियोगितामा ५० वटा समूहको सहभागिता रहेको उनले जानकारी दिए । प्रतियोगिता आगामी मंगलबारसम्म सञ्चालन हुनेछ । सात वटा विधामा सञ्चालन हुने सो प्रतियोगितालाई स्थानीय तह, जिल्ला र प्रदेश गरी विभाजन गरिएको छ ।