close

८ स्वर्ण ६ रजतसहित नारायण मावि प्रथम

८ स्वर्ण ६ रजतसहित नारायण मावि प्रथम

Trulli
ADVERTISEMENT

सल्यान– कुमाख गाउँपालिकाले बालबालिका खेलकुद प्रतियाेगिता सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नं. २ को लक्षित वर्ग बालबालिका खेलकुद प्रतियाेगिता सम्पन्न गरेको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा वडा नं. २ को लक्षित वर्ग अन्तर्गत बालबालिका अतिरिक्त क्रियाकलाप विभिन्न बिधामा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ । हाईजम्प छात्र/छात्रा तर्फ, लङ्ग्जम्प छात्र/छात्रा तर्फ, १०० मिटर दौड छात्र/छात्रा तर्फ, त्रिपल जम्प छात्र/छात्रा तर्फ, हिसाब दौड, बालगीत प्रतियोगिता, बाल वत्तृत्वकला, कुर्सी दौड, हाजिरी जवाफ प्रतियोगिता भएको थियो ।

हाईजम्प प्रतियोगिता छात्र/ छात्रातर्फ नारायण मावि, सल्यानी एजुकेसन बालकल्याण आधारभूत विद्यालय, लङ्ग्जम्प प्रतियोगितामा छात्रतर्फ सल्यानी एजुकेसन, नारायणी मावि, महादेव आवि/बालकल्याण आवि, लम्ङ्ग्जम्प छात्रा तर्फ नारायण मावि र बालकल्याण आवि र सल्यानी एजुकेशन बोर्डिङ रहेका छन् ।

त्यस्तै १०० मिटर दौड प्रतियोगितामा छात्रतर्फ नारायण मावि, सल्यानी एजुकेशन, मालिका आवि, छात्रातर्फ नारायण मावि, बालकल्याण आवि, सल्यानी एजुकेशन रहेका छन् । त्रीपल जम्प प्रतियोगितामा छात्रतर्फ नारायण मावि, सल्यानी एजुकेशन बोर्डिङ, बालकल्याण आवि, छात्रातर्फ सल्यानी एजुकेसन, नारायण मावि, बालकल्याण आवि रहेका छन् ।

हिसाब दौड प्रतियोगितातर्फ सल्यानी एजुकेसन, नारायण मावि, बालकल्याण आवि रहेका छन् । बाल गीत प्रतियोगितातर्फ सल्यानी एजुकेसन, नारायण मावि, बालकल्याण आवि रहेका छन् । बाल वक्तृत्वकला प्रतियोगितातर्फ नारायण मावि, सल्यानी एजुकेसन, बालकल्याण आवि रहेका छन् ।

कुर्सी दौडतर्फ नारायण मावि, नारायण मावि र सल्यानी एजुकेसन र हाजिरी जवाफ तर्फ सल्यानी एजुकेसन, नारायण मावि र बाल कल्याण आवि रहेका छन् ।

८ स्वर्ण ६ रजतसहित प्रथम नारायण मावि रुमाल गाउँ प्रथम भएको छ । ५ स्वर्ण ५ रजत कास्य सल्यान एजुकेसन बोर्डिङ द्धित्तिय भएको छ । २ रजत ९ कास्य बालकल्याण आवि नारायणटाकुरा तृतीय भएको छ । १ कास्य मालिका आवि बारुले जितेकाे छ ।