close

बर्दघाटका कृषकलाई च्याउको बिउ वितरण

बर्दघाटका कृषकलाई च्याउको बिउ वितरण

Trulli
ADVERTISEMENT

नवलपरासी - बर्दघाट नगरपालिका कृषि विकास शाखाले व्यावसायिक च्याउ फार्म, कृषक समूह र सहकारीहरूलाई च्याउको बिउ वितरण गरेको छ ।


शाखाले नगरपालिकाको मुख्यालयमा एक कार्यक्रमका बीच च्याउ खेती गर्ने कृषकहरूलाई बिउ प्रदान गरेको हो । 


कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले च्याउ खेतीबाट आत्मर्निभर हुन सबै कृषकहरूलाई आग्रह गरे ।  उनले च्याउको बजार समस्या भए बजारीकरणमा सहयोग गर्न आफू तयार रहेको पनि बताए ।  ‘च्याउ बेच्न सकिएन भने हामी त्यसको व्यवस्था गर्न तयार छौँ’, नगरप्रमुख बस्यालले भने ।


कार्यक्रममा विभिन्न समूहमा आबद्ध कृषकहरूलाई बिउ प्रदान गरिएको थियो । ५० प्रतिशत अनुदानमा बिउ दिइएको हो । च्याउको बिउ पाएपछि कृषकहरू खुसी भएका थिए ।