close

ठाकुरबाबा नगरद्वारा सर्टिफिकेटको रकम निर्धारण

ठाकुरबाबा नगरद्वारा सर्टिफिकेटको रकम निर्धारण

Trulli
ADVERTISEMENT

काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिकाले ट्रान्सफर सर्टिफिकेटको रकम निर्धारण गरेको छ ।

नगरपालिकाले एसइई परीक्षामा उतीर्ण गरेका विद्यार्थीहरुको सर्टिफिकेटको मूल्य निर्धारण गरेको हो । 

नगरपालिकाले एक सूचनामार्फत् सर्टिफिकेटको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । निर्धारित रकमभन्दा बढी शुल्क नलिनका लागि पालिकाले नगरभित्रका सबै विद्यालयलाई अनुरोध गरेको छ । 

पालिकाका शाखा अधिकृत सीताकुमारी भण्डारीका अनुसार विद्यालयले फरकफरक शुल्कमा सर्टिफिकेट वितरण गरेको गुनासो आए पनि पालिकाले मूल्य निर्धारण गरेको बताइन् । 

सूचनामा एक हप्तामा भित्रमा विद्यालय व्यवस्थापन समिति गठन गर्नसमेत अनुरोध गरेको छ ।