close

मेलम्ची नगरपालिकाले नायब सुब्बाको कक्षा सञ्चालन गर्ने

मेलम्ची नगरपालिकाले नायब सुब्बाको कक्षा सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले राजपअन‌ंकित  द्वितीय श्रेणी (नायब सुब्बा) निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ । 

नगरभत्रिका बासिन्दालाई निजामती सेवा प्रवेश सहजताका लागि कक्षा सञ्चालन गर्न लागिएको पालिकाले एक सूचना जारी गरी जानकारी दिएको छ । 

नगरभित्रको बासिन्दा भएको,१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सामुदायिक विद्यालय अध्ययन गरी कक्षा १२ उत्तीर्णले सात दिनभित्र निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ ।