close

दुर्गा भगवती गाउँपालिका- ३द्वारा सामाजिक सुरक्षा भत्ता परिचयपत्र सूचीकरण गर्न अनुरोध

दुर्गा भगवती गाउँपालिका- ३द्वारा सामाजिक सुरक्षा भत्ता परिचयपत्र सूचीकरण गर्न अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ३ कार्यालयले सामाजिक सुरक्षा भत्ता परिचयपत्र तथा लाभग्राही सूचीकरणका लागि आग्रह गरेको छ । 

दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयले बुधबार एक सूचना जारी गरी आव २०७९/८०का लागि आफ्नो सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरणका लागि अनुरोध गरेको हो । 

जारी सूचनामा भनिएको छ, ‘दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरी अन्तर्गतका नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही तथा हाल ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिकहरूले तपसिल उल्लेख भएका कागजपत्रसहित यस वडामा उपस्थित भई आव २०७९/८० का लागि आफ्नो सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा नयाँ लाभग्राही सूचीकरण गर्नका लागि सूचना जारी गरिएको छ ।’