close

सडक किनारमा ठेलागाडामा सामान विक्री वितरण नगर्न नागार्जुन नगरको अनुरोध

सडक किनारमा ठेलागाडामा सामान विक्री वितरण नगर्न नागार्जुन नगरको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । नागार्जुन नगरपालिकाले सडक अवरुद्ध हुने गरी ठेलागाडामा तरकारी फलफुल राखी बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।

नगरले एक सूचना जारी गरी यस्तो अनुरोध गरेको हो । 

‘सवारीसाधन र मानिसहरुलाई आवत जावतमा समस्या भई सडक दुर्घटना समेत हुने हुदाँ सडकमा राखी संचालन गर्ने ठेलागाडा हटाई दिनु भनी जनगुनासो आएकाले सडकको दायाँ बायाँ ठेलागाडा राखी तरकारी तथा फलफुल बिक्री वितरण गर्ने कार्य बन्द गरिदिनु हुन यसै सूचनामार्फत् सबैमा अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ, ‘अन्यथा कानुन बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ ।’