close

विराटनगर महानगरपालिकामा असोज २ गते सार्वजनिक बिदा

विराटनगर महानगरपालिकामा असोज २ गते सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

विराटनगर महानगरपालिकामा असोज २गते सार्वजनिक बिदा दिएको छ ।

 

काठमाडौं ।  विराटनगर महानगरपालिकाले असोज २ गते सार्वजनिक बिदा दिएको छ । 

महानगरले एक सूचना जारी गरी मधेसी, थारू, मैथिली समुदायलगायत तराइवासी महिलाहरूले मनाउने विशेष पर्व जितियाको पावन अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो । 

यस महानगरपालिकाको मिति २०७९/०५/३१ को निर्णयानुसार मधेसी, थारू, मैथिली समुदायलगायत तराइवासी महिलाहरूले मनाउने विशेष पर्व जितियाको पावन अवसरमा मिति २०७९/०६/०२ गते अत्यावश्यक सेवाबाहेक विराटनगर महानगरपालिका, नगरकार्यपालिकाको
कार्यालय र मातहतका सबै कार्यालयहरू एवम्‌ शैक्षिक संस्थाहरूमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ जारी सूचनामा उल्लेख छ ।