close

स्वमूल्यांकन समयमै प्रविष्टि गराउन सबै स्थानीय तहलाई मन्त्रालयको अनुरोध

स्वमूल्यांकन समयमै प्रविष्टि गराउन सबै स्थानीय तहलाई मन्त्रालयको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आव २०७८/७९ को संस्थागत क्षमताको स्वमूल्यांकन समयमै गरी प्रविष्टि गराउन अनुरोध गरेको छ । 

मन्त्रालयले एक सूचना गरी ७५३ वटै स्थानीय तहलाई यस्तो अनुरोध गरेको  हो ।  साथै, विगतमा गरेका र भएका गल्ती नदोहोर्‍याउन पनि मन्त्रालयले अनुरोध गरेको छ । 

‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नजिता सम्बन्धमा स्थानीय तहको स्वमूल्यांकनबाट प्राप्त अंक र गुणस्तर परीक्षण गर्दा केही मात्र स्तथानीय तहको अंकमा कुनै अन्तर नआएको, केही स्थानीय तहको अंक प्रणाली प्रविष्टि गरेको अंकभन्दा बढी आएको र अधिकांश स्थानीय तहको अंकमा ठूलो अन्तर देखिएको छ,’ जारी सूचनामा भनिएको छ । 

यस्तो छ मन्त्रालयको सूचना