close

अस्थायी टहरा हटाउन वडा सरकारको निर्देशन

अस्थायी टहरा हटाउन वडा सरकारको निर्देशन

Trulli
ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिकाले अस्थायी संरचना हटाउन आदेश दिएको छ । नगरपालिकाको वडा नम्बर  १ले  एक सूचना जारी गर्दै अस्थायी संरचना हटाउन निर्देशन दिएको हो । 

वडा नम्बर १  सिरुटारमा उपत्यका विकास प्राविधिकरण भक्तपुरबाट टेण्डर भई बिरुवा बसपार्कबाट विरुवा पिपलबोटसम्म सडक विस्तार गर्न लागेकोले अस्थायी संरचना हटाउन निर्देशन दिएको हो । 

सो योजना तत्काल सुरु हुने भएकाले चाँडै संरचना हटाउनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।