close

तरकारी खेतीमा सहभागी हुन टोखा सरकारको अनुरोध

तरकारी खेतीमा सहभागी हुन टोखा सरकारको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिकाले तरकारी बाली साना व्यावसायिक कृषि उत्पादन विकास कार्यक्रम सञ्चालनमा आवेदन दिन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागिताको लागि आवेदन दिन अनुरोध गरेको हो । 

सूचनाअनुसार प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तर्गतमा  रही सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, संस्था, फार्मले आगामी ३० दिनभित्र नगरपालिका कार्यालयमा आवेदन दिनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । 

छनोटमा परेको व्यक्ति वा संस्थाले नगरपालिका क्षेत्रमा ७ रोपनी वा १४० रोपनी क्षेत्रफलमा तरकारी खेती लगाउनु पर्ने छ । करिब १००० वगी मिटरको प्लाष्टिकको घरमा तरकारी खेती गर्नुपर्ने पालिकाले जनाएको छ ।