close

नियमित सरसफाइ नगर्ने कार्यालयकाे नाम सार्वजनिक गर्ने

नियमित सरसफाइ नगर्ने कार्यालयकाे नाम सार्वजनिक गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले आफुले गरेको फोहोरको सरसफाइ आफै गर्न नीजि तथा सरकारी संस्थालाई निर्देशन दिएको छ । 

महानगरपालिकाको वातावरण तथा कृषि विभागले एक सुचना जारी गर्दै संस्थाले नियमित सरसफाइ नगरेकाे पाइएकाे जनाएकाे छ।

पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर कार्यालय बाहिर फाल्दा सिङ्गाे शहर नै फोहोर बनेकाे भन्दै फोहोर व्यवस्थापन ऐन, २०६८ तथा फोहोर व्यवस्थापन नियमावली २०७० अनुसार कार्यालयकाे सरसफाइ गर्न निर्देशन दिएकाे हाे। आफ्नो कार्यालय वरपर ३५ दिन भित्र सरसफाइ गर्न महानगरपालिकाले अनुरोध गरेको छ। 

ताेकिएकाे समयमा सरसफाई नगरेको पाइएमा प्रचलित कानुन अनुसार दण्ड जरिवानाका साथै फोहोर व्यवस्थापनमा लागेको खर्च असुलेर कार्यालयको नाम समेत सार्वजनिक गर्ने चेतावनी महानगरपालिकाले दिएको छ ।