close

लेखा परिक्षणको लागि आवेदन दिन गोलबजारको अनुरोध

लेखा परिक्षणको लागि आवेदन दिन गोलबजारको अनुरोध

Trulli
ADVERTISEMENT

सिरहा । गोलबजार नगरपालिकाले लेखा परिक्षणको लागि आवेदन माग गरेको छ । पालिकाले एक सूचना जारी गर्दै परिक्षण माग गरेको हो । 

सूचना अनुसार नगरभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयको आर्थिक वर्ष २०७८ र ०७९ को लेखा परिक्षण गर्नको लागि आवेदन माग गरिएको हो ।

कार्यालयको आर्थिक ऐन अनुसार लेखा परिक्षणको लागि नेपाल चार्टड एकाउन्टटेन्टस् संघमा आवद्ध भएका दर्तावाला लेखापरिक्षण गर्ने संस्थाले आवेदन दिन पाउने सो सूचनामा उल्लेख गरिएको छ । 

इच्छुक संस्थाले आवश्यक कागजातसहित पौष ५ गतेभित्र कार्यालयमा निवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ ।