close

फोहोर व्यवस्थापन गर्न ३५ दिने निर्देशन

फोहोर व्यवस्थापन गर्न ३५ दिने निर्देशन

Trulli
ADVERTISEMENT

मोरङ । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न अनुरोध गरेको छ । पालिकाले शुक्रबार एक सूचना जारी गर्दै ३५ दिनभित्र फोहोर व्यवस्थापन गर्न स्थानीय संघसंस्थासँग अनुरोध गरेको हो । 

पालिकाभित्र सञ्चालनमा रहेका व्यवसाय, संघसंस्था, कम्पनि र व्यक्तिले आफ्नो परिसरको फोहोरमैला ३५ दिन भित्र व्यवस्थापन गरी शहर सफा राख्न पालिकाले सोही सूचनामार्फत अनुरोध गरेको हो ।

सोही सूचनामार्फत महानगरपालिका क्षेत्रमा रहेको सार्वजनिक क्षेत्रका धुम्रपान, मद्यपान र गुट्का बेच्न तथा सेवन गर्न निषेध गरिएको पालिकाले जनाएको छ । 

पालिकाले दिएको सो निर्देशन पुरा नगरेमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने सो सूचनामा उल्लेख गरिएको छ ।